१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङलिङलाई हराउँदै झापा–११ सेमिफाइनलमा



अ+ अ-

झापा। आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे ।

सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाउ गरे । यस्तै दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

त्यसअघि खेल अवधिभर झापा–११ ले सिङलिङमाथि निरन्तर दबाब बनाएको थियो । झापा–११ का प्रहार गोलमा परिणत हुन सकेनन् । खेलको २८औँ मिनेटदेखि झापाले आक्रामक खेल प्रस्तुत गर्न थालेको थियो । विदेशी खेलाडी ओलावाले अफिजको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले रोक्दै टोलीलाई सङ्कटबाट जोगाएका थिए ।

सिङलिङले खेलको ५९औँ मिनेटमा कप्तान उत्तम राईमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि झापा–११ का गोलकिपरले त्यसलाई रोक्न सफल भए । खेलको ‘प्लेयर अफ दी म्याच’ झापा–११ का गोलकिपर बिवेक मगर घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबीच हुने छ । झापा गोल्डकपको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । साथै विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । रासस