१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग



अ+ अ-

बाँके। प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।

सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवाका कैलाश यादव भारतले सीमावर्ती क्षेत्रमा बाँधजस्तो सडक बनाएर नेपाली भू–भाग डुवानमा पर्ने गरेको हुँदा नेपाली भूमिमा पनि सडक निर्माण गर्नुपर्ने माग गर्नुहुन्छ । पिप्रहवाका सबैको यही माग भएका दोहो¥याउँदै उहाँ चोरी–डकैती हुन नदिन आफूहरूले सुदृढ सुरक्षा व्यवस्थाका निम्ति अनुरोध गर्दै आएको बताउनुभयो ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भूभाग भारतसँग जोडिएको छ । पैसट्ठी किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ। भारतको बहराईच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई सडक विकास, खानेपानी र डुबान समस्या समाधानको माग गरेका छन् ।

बाँके क्षेत्र नं २ मा नेकपा (एमाले)बाट इस्तियाक राई, नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिराज देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेक श्रेष्ठ तथा नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र विष्टसहित २० जना उम्मेदवारसँग मतदाताले पूर्वाधार विकास र सुरक्षालाई प्राथमिकताका साथ उठाएका छन् ।  रासस