१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा १६ कम रेल्वे ¥याकमार्फत वस्तु तथा सामान भित्रिएका छन् ।

गत आवको छ महिनामा भने ५८८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्जको सुुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । एक पटकमा रेल्वे र्याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वेर्याकमार्फत हुने आयातमा १६ वटा रेल्वेर्याकमार्फत कमी आएको बताउनुभयो । चालु आवको साउनमा ९४ र्याक, भदौमा ९० र्याक, असोजमा १०१ र्याक, कात्तिकमा ९१ र्याक, मङ्सिरमा ९२ र्याक र पुस महिनामा १०४ रेल्वे र्याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो ।

गत आवको साउनमा ९९ रेल्वे र्याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो । सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन,रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ ।

यहाँको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताउनुभयो । “केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो”, उहाँले भन्नुभयो, “अहिले रेलसेवा केही सहज भइरहेको छ ।” उहाँले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे र्याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गर्नुभयो ।