२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ?



अ+ अ-

काठमाडौं । कुनै पनि राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन आँखा झिम्क्याउन जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । त्यस्तै फोन नम्वर र फेसबुक आइडी माग्दै उस्तैले त आई लभ यू नै भनिदिन्छन् । तर केटीहरुको हकमा यो लागू हुँदैन ।

केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी चोरी हेर्छन् । लुकी लुकी हेर्छन । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन भनेर हाँस्नु मुस्कुराउनु कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन ।

ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्राय मुस्कानलाई नै मुख्य हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजर कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी लुकी नजर जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

बोल्दा अनुहार रातो हुनु यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्न नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन मनै मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।