२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ-२ मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा



अ+ अ-

ढोरपाटन । भौगोलिक रूपमा विकट मानिएको बागलुङ क्षेत्र नं २ मा चुनावी गतिविधि बढेको छ । यसअघि दुई वटा निर्वाचन पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले जितेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ तथा पुराना दलका नेता यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् ।

विकासका हिसाबले पिछडिएको यस क्षेत्रमा विकाससहित सुशासनका नारा बोकेर उम्मेदवार गाउँबस्ती प्रचारप्रसारमा जुटेका हुन् । यहाँ बलिया र पुरानालाई चुनौती दिँदै नयाँ दल तीव्र चुनावी अभियानमा जुटेका छन् । विसं २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले जितेको थियो । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी (केन्द्र)का देवेन्द्र पौडेल विजयी हुनुभएको थियो भने २०७९ मा पनि उहाँ नै विजयी हुनुभएको थियो ।

अहिले यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार चुनावमा होमिएका छन् । आ–आफ्नै एजेण्डा र प्रतिबद्धता लिएर घरदैलो गरिरहेका छन् । कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, नेकपाका ज्ञामनाथ गैरे र रास्वपाका सोम शर्माबीच प्रतिस्पर्धा हुने देखिन्छ । पछिल्लो समय रास्वपामा मतदाताको विश्वास बढिरहेकाले आफ्नो जित पक्का भएको शर्माले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले दशैभर रास्वपाप्रति जन लहर छाएको छ, हामी जनचाहनाअनुसार सुशासन केन्द्रित काम गर्न प्रतिबद्ध छौँ ।”

नेपाली कांग्रेसमा उम्मेदवार पौडेलले यस क्षेत्रमा कांग्रेसको बलियो सङ्गठन रहेकाले चुनाव जित्ने भन्दै पार्टी नेतृत्व परिवर्तनसँगै मुलुक परिवर्तनको जिम्मा अब पार्टीले लिने उल्लेख गर्नुभयो । एमालेकी चालिसेले दूरदराजका नागरिकको समस्या समाधान गर्नसक्ने योग्य उम्मेदवार आफू भएको भन्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभयो ।




भर्खरै