२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा गलत राष्ट्रिय झण्डा प्रयोग, क्यानविरुद्ध कानुनी कदम चाल्ने चेतावनी



अ+ अ-

काठमाडौंं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले क्रिकेट एशोसिएसन क्यानले राष्ट्रिय झण्डाको मान मर्दन गरेको आरोप लगाएको छ ।

प्रतिष्ठानका संस्थापकअध्यक्ष राजानन्द माण्डव्यले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ प्रतियोगितामा प्रयोग भएको नेपालको राष्ट्रिय झण्डा गलत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “अन्तराष्ट्रिय फोरमा झण्डाको कार्यबिधि , संविधानले तोकेको भन्दा बाहिर आचारसंहिता विपरीत कार्य भएको छ । यसबारे क्यानलाई जानकारी गराउदै गराउदै पनि हेलचक्र्याई गरेको छ ।”

संविधान अनुसार नेपाली झन्डाको सुर्यमा १२ वटा कोण र चन्द्रमा ८ वटा कोण हुन्छन । तर क्यानले प्रयोग गरेको झण्डामा सुर्यमा १४ कोण र चन्द्रमामा ९ कोण राखिएको छ ।

माण्डव्यले  न्युजपोलारसंग भन्नुभयो “बेलायत संग भएको खेल लगत्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई जानकारी गराएपनि बिहिबार ईटालीसंग भएको दोश्रो खेलमा पनि गलत झण्डा प्रयोग गरेर झण्डाको मानहानी गरी झण्डा र राष्ट्रको अपमान गर्ने काम भएको छ ।”

उहाँले क्यानको गलत रबैयाका बिरुद्ध कानुनी उपचारमा पनि जाने जानकारी दिनुभयो ।