२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः संयोजक दाहाल



फाइल फोटो
अ+ अ-

बागलुङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

बागलुङको बुर्तिबाङमा आज आयोजित जनसंवाद कार्यक्रममा उहाँले देशलाई निकास दिने विकल्प निर्वाचन भएको बताउनुभयो ।

कतिपय राजनीतिक दलहरूले निर्वाचनका विरुद्ध सर्वदलीय सरकार र संसद् पुनःस्थापनाका कुरा उठाए पनि नेकपाले निर्वाचन नै रोजेको संयोजक दाहालले उल्लेख गर्नुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै आफूहरुले जनतामा जाने विकल्प रोजेको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताका पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने संयोजक दाहालले बताउनुभयो ।

राजनीतिक दल र जनताले २०८४ मा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन लागेको उहाँको भनाइ थियो ।रासस