२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेश आम निर्वाचनमा बीएनपीको ऐतिहासिक जितः तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने



अ+ अ-

एजेन्सी । बङ्गलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ । हालै सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वमा पार्टीले भारी बहुमत प्राप्त गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय संसदीय सिटमध्ये बीएनपीले हालसम्म २०९ सिटमा विजय हासिल गरिसकेको छ । यस जितसँगै तारिक रहमान बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने पक्का भएको छ । देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताहरूले बिहीवार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ ।

निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको छ । यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिष्पर्धामा उनीहरूको उपस्थिति रहेन ।

यस परिणामले बङ्गलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।