२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषि छन्ः राप्रपा अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ ।

श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आग्रह गर्नुभएको हो ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत दोष रहेको उहाँको भनाइ छ । उहाँले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । मत एउटा गलत गलत व्यक्ति र गलत पार्टीलाई प¥यो भने सिंगो समाज र देशले दुःख पाउने उहाँको बुझाइ छ ।

उहाँले भन्नुभयो, ‘देश चुनावमा पसिसक्यो, २०,२१ दिन बाँकी छ । म यत्तिमात्र भन्छु तपाईहरु भोटदिनु अघि हजार चोटी सोचेर मात्र दिनुस् । हामीले लामो समयदेखि भन्दै आयौँ यो देशलाई धर्म निरपेक्ष बनाउनेमा यो संविधानमै धर्म निरपेक्ष शब्द घुसाउनेमा नेताको मात्र दोष छैन । त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ । हामीले भोट नदिएको भए धर्मनिरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणा पत्रमा लेखेर हिँड्नेहरुलाई भोट नदिएको भए देश धर्म निरपेक्ष हँुदैन्थ्यो । त्यसकारण यो देश धर्मनिरपेक्ष बन्नुमा हामी धर्मको ठाउँमा हिन्दु लेख्नेहरुको गल्ति छ । र आउने दिनमा आफ्नो हात आफ्नै धर्मको विरुद्ध प्रयोग नहोस् । अगामी दिनमा पछुताउनु नपरोस् । भोट दिने कुरा त छोरी दिनेभन्दा पनि ठूलो कुरा हो । छोरी दिन हामीले कतिधेरै कुरा हेर्छौँ ? कुटुम्ब आउनेबित्तिकै हामी छोरी दिन्छौँ र ? तर हामीले दिएको एउटा भोट गलत व्यक्ति र गलत पार्टीलाई परेछ भने त सिंगो समाज र सिंगो देशले दुःख पाउँछ ।’

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुँदैछ ।




भर्खरै