२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालु १९ औं अधिवेशन आगामी फागुन १ गते राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो ।

राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचारिक जानकारी गराउनु भयो । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ २६ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले सो अधिवेशन अन्त्य गर्नुभएको हो । माघ २९ गते जारी गरिएको पत्रानुसार सम्वत २०८२ साल फागुन १ गते शुक्रवार राति १२ बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ ।

सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै १९ औं अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गर्नुभयो ।