२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहामा १४ औँ ‘हलाल कतार महोत्सव’ आयोजना



अ+ अ-

काठमाडौँ। कतारको राजधानी दोहामा ‘हलाल कतार महोत्सव’ को १४ औँ संस्करण फेब्रुअरी आयोजना भइरहेको छ ।

यस महोत्सवमा कतार लगायत अन्य विभिन्न मुलुकका ठूलो संख्यामा पशुपालक कृषकको सहभागिता रहेको छ ।

पवित्र रमजान महिना शुरु हुनुभन्दा केही दिनअघि आयोजित यस वार्षिक उत्सवले कतारको समृद्ध पशुपालन तथा गोठाला परम्पराको उत्सव मनाउने उपयुक्त अवसर प्रदान गरेको छ ।

विगतका वर्षहरूदेखि नै यो महोत्सव पशुपालन सम्पदाको जगेर्ना गर्ने, स्थानीय पशुपालकहरूलाई सहयोग पु¥याउने र मौलिक रीतिरिवाज तथा परम्पराको प्रवद्र्धन गर्ने एक महत्वपूर्ण मञ्चको रूपमा विकसित हुँदै आएको छ । ( सिन्ह्वा/ न्युज एजेन्सी नेपाल )