१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै



अ+ अ-

कर्णाली। कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेत वीरेन्द्रनगरमा ‘सीपमा आधारित बृहत् सिकाइ मेला’ सञ्चालन हुने भएको छ ।

सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुनेगरी सिद्दपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर-१० सुर्खेतले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा यही फागुन ७ गते ‘सीपमा आधारित सिकाइ मेला’ सञ्चालन गर्ने भएको हो ।

उक्त स्कुलका प्राचार्य नैनसिंह खत्रीका अनुसार अध्ययन अध्यापनक सीपमा प्रवर्द्धन गरी सिकाइ प्रक्रियालाई परिणाममुखी बनाउने ध्येयका साथ मेलाको आयोजना गरिएको बताउनुभयो ।

मेलामा सांस्कृतिक परिकार एवं पाकशिक्षा सीप अभ्यास, सांस्कृतिक झाँकी एवं नृत्य सीप अभ्यास, परम्परागत सीप र प्रविधि प्रत्यक्षीकरण, करेसाबारी तथा कौसीखेती अभ्यास, व्यावसायिक तथा मर्मत, आपत्कालीन सुरक्षा, दैनिक जीवन व्यवहार आत्मनिर्भर, आधुनिक विज्ञान तथा प्रविधि, प्रतिभा पहिचान तथा प्रस्तुतिलगायत विविध सीपमूलक अभ्याससँग सम्बन्धित गतिविधि तथा प्रस्तुति राखिने उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमले परम्परागत रूपमा सञ्चालनमा आएको शिक्षण प्रणालीलाई सूचना र प्रविधिले ल्याएको परिवर्तनसँगै त्यसलाई मानव जीवन व्यवहारमा उतार्न तथा शिक्षामा नवीन प्रविधि तथा अभ्यासलाई प्रयोगमा ल्याउन सहयोग पुग्ने प्राचार्य खत्रीले विश्वास व्यक्त गर्नुभयो ।  रासस