१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव’



अ+ अ-

काठमाडौँ। आधुनिक विज्ञान र प्रविधिको युगसँगै स्वाथ्य क्षेत्रमा विकास भएका आधुनिक चिकित्सा पद्धतिका बीचमा पनि सबै खालका स्वास्थ्य समस्या प्राकृतिबाटै पनि सम्भव रहेको दाबी गरिएको छ ।

राष्ट्रिय समाचार समिति(रासस)को ६५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘ध्वनि चिकित्सा’ सम्बन्धी प्रवचन र अभ्यास कार्यक्रममा ध्वनि चिकित्सा विज्ञ राजाराम पाण्डेले ब्रहाम्ण्डको मौलिक ऊर्जाका रूपमा रहेको ध्वनिका माध्यमद्वारा आरोग्यता प्राप्त गर्न सकिने बताउनुभयो ।

“ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ । मानव सभ्यताको आदि कालदेखि नै ध्वनि विविध रूपमा प्रयोग हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यो एक शुद्ध ब्रह्माण्डीय ऊर्जाको वैज्ञानिक, सूक्ष्म र सजीव प्रक्रिया हो । जसले शरीरका ऊर्जा केन्द्र (चक्रहरू) लाई सन्तुलनमा ल्याएर समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।”

ध्वनि चिकित्सा केवल प्राचीन विषय मात्र नभई विज्ञानसँग प्रत्यक्ष जोडिएको पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, “रोगको कारण र निवारण पनि ध्वनि नै हो, सम्पूर्ण रोगको उपचार नेपालको प्राचीन चिकित्साका रूपमा रहेका ध्वनि चिकित्साबाटै सम्भव छ ।” विश्वभरबाट ध्वनि चिकित्साप्रति आकर्षण बढ्दै गएको जानकारी दिँदै उहाँले आफूहरूलाई विश्वका धेरै देशबाट यसबाट लाभ लिन आमन्त्रण भइरहेको बताउनुभयो ।

त्यस अवसरमा विज्ञ पाण्डेले छिट्टै २०० भन्दा बढी मुलुकमा ध्वनि चिकित्सको अभ्यास गराउन लागिएको जानकारी दिनुभयो । ध्वनि चिकित्सामा औषधिको प्रयोग नहुने र विशुद्ध ध्वनिमार्फत चक्र र ऊर्जालाई सक्रिय तुल्याइ रोग निवारण गर्न सकिने उहाँको भनाइ छ ।

रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले नेपालको प्राचीन र मौलिक उपचार पद्धतिका रूपमा रहेको ध्वनि चिकित्साका बारेमा घरघरमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा राससकर्मीलाई ध्वनि चिकित्साको अभ्यास गराइएको थियो ।  रासस