काठमाडौँ। स्कटल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालसामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ ।
स्कटल्यान्डका लागि माइकल जोनसले ४५ बलमा ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी, जर्ज मुन्सेले २७, ब्रेन्डन म्याकमुलनले २५, मार्क वाटले अविजित १० र कप्तान रिची बेरिङटनले १० रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २, कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए ।












