१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाली युवाहरूलाई ठगीबाट जोगाउन सरकारको कडा सुरक्षा कदम



अ+ अ-

लागोस। नाइजेरिया ले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शिकार बनेका तथ्यहरू सार्वजनिक भएका छन्।

नाइजेरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘विदेशी सशस्त्र द्वन्द्वमा भाग लिन नाइजेरियाका नागरिकहरूलाई गैरकानूनी रूपमा भर्ती गरिनुका घटनाहरू बढ्दो र चिन्ताजनक देखिनु’ प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा प्रत्यक्ष रूपमा रुसको नाम भने उल्लेख गरिएको छैन ।

अनुसन्धानकर्ता समूह ‘अल आइज अन वाग्नर’ ले सार्वजनिक गरेको रिपोर्ट अनुसार, कम्तीमा ३६ जना नाइजेरियाली नागरिकहरूलाई रुसको सेनामा भर्ती गरि युक्रेनमा पठाइएको थियो । उहाँहरूमध्ये ५ जनाको युद्धमा मृत्यु भएको थियो ।

विदेश मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “धेरै नागरिकहरूलाई भ्रामक जानकारी दिइ सैनिक सेवा सम्झौता (कन्ट्र्याक्ट)मा हस्ताक्षर गर्न बाध्य पारेर युद्ध क्षेत्रमा पठाइएको छ । यसरी ठगीमा परेकाहरू असहज र खतरनाक परिस्थितिमा रहे ।”

गत हप्ता एएफपीले सङ्कलन गरेको विवरण अनुसार केही केनियाली नागरिकहरूलाई उच्च तलबको आश्वासन दिइ रुस पठाइयो । उहाँहरूले रुस पुगेपछि सिरिलिक भाषामा कागजातमा हस्ताक्षर गर्न बाध्य पारिएका र त्यसपछि अग्निपरीक्षण क्षेत्र वा युद्धका मोर्चामा पठाइएका थिए ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा पनि गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसको सेनामा लड्न पठाइएका दक्षिण अफ्रिकी नागरिकको सुरक्षित फिर्तीको विषयमा छलफल गर्नुभएको छ ।

उगाण्डामा पनि यस्ता घटनाका प्रमाणहरू देखिएका छन्, यद्यपि उगाण्डाले हालसम्म मस्कोको आलोचना गरेको छैन ।

नोभेम्बरमा युक्रेनले जनाएको छ कि कम्तीमा ३६ अफ्रिकी देशका एक हजार ४३६ नागरिकहरू रुसको पक्षमा युद्धमा संलग्न रहेका छन् । (रासस/एएफपी)