२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा



अ+ अ-

गण्डकी । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुग्नुभएको छ ।

पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आउनुभएका विश्विद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नुहुनेछ । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्नुहुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।