२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो कोरियाली रेलमा प्रदर्शित



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाका लागि नेपाली राजदूतावासले तयार पारेको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रवद्र्धनात्मक भिडियो कोरियाको रेलमा प्रदर्शन गरिएको छ ।

सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स हाइ स्पीड ट्रेन नं १०१ मा सो भिडियो प्रदर्शन गरिएको हो । यही फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको उक्त १७ सेकेन्डको भिडियो ‘स्क्रिनिङ’का लागि दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेले १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँगको भेटमा प्रस्ताव गर्नुभएको थियो ।

कोरेल र योनहाप समाचार एजेन्सीको सहयोगमा सन् २०२६ को फेब्रुअरीभरि कोरेलद्वारा सउल बुसान रुटमा सञ्चालन हुने उक्त रेलमा दिनमा कम्तीमा दुई पटक उक्त भिडियो निःशुल्क ‘इन ट्रेन स्क्रिनिङ’ गराउन राजदूतावास सफल भएको हो ।

भिडियोमा लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ र बौद्ध स्तूपाका साथै नेपाली कला र संस्कृतिका केही भिडियो क्लिप समावेश रहेको दूतावासले जनाएको छ । रासस