२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा मकवानपुरका जिल्ला सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस प्रवेश



अ+ अ-

काठमाडाैँ । मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई संगठन विस्तारको सुरुवाती चरणदेखि नेतृत्व गर्दै आएका भरत पराजुलीले अन्ततः पार्टीबाट अलग हुने घोषणा गरेका छन्। जिल्ला सभापतिका रूपमा कार्यरत पराजुलीले नेतृत्व शैलीप्रति असन्तोष व्यक्त गर्दै पार्टी परित्याग गरेका हुन्।

पार्टी छोडेसँगै उनी नेपाली कांग्रेसमा आबद्ध भएका छन्। कांग्रेस मकवानपुरका अनुसार उनलाई कांग्रेस महामन्त्री गगन थापा ले सर्लाही–४ बाट पार्टीमा स्वागत गरेका हुन्। पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर २ का चुनावी संयोजक नीराजन बर्तौलासमेत कांग्रेसमा फर्किएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजुलीले मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनले १२ हजार ५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।