२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता



अ+ अ-

काठमाडौँ । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैङ्क खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए। उनका अनुसार अहिलेसम्म आठ जनाले खाता खोल्ने सिफारिस लैजानुभएको छभने १५ जनाले अझै केही गुर्नभएको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि १५ जनाले खाता नखोलेकाले उहाँहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए। “ताकेता गरिएको छ प्रतिबद्धता पनि छ तर कार्यान्वयन भएको पाइँदैन,” उनले भने । खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको अधिकृत उपाध्यायको भनाइ छ ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैङ्कको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि रु ३१ लाख र क्षेत्र नम्बर २ तथा ३ का लागि रु २९ लाखसम्मको खर्चको सीमा तोकेको छ । यसबिच, आज निर्वाचन क्षेत्र नं १ को कोहलपुरमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा उम्मेदवारहरूसँग छलफल गरिएको छ ।

आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन क्षेत्र नं १ मा खासगरी टिसर्ट र टोपीको प्रयोग बढी भएको उजुरी भएकाले त्यसलाई हटाउन उम्मेदवारहरू सहमत भएको जानकारी दिए। “जिल्लाको अन्य निर्वाचन क्षेत्रमध्ये समग्रमा राम्रो छ, केही समस्या देखिएका छन् त्यसलाई समाधान गरिने छ,” उनले भने । रासस