काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा गुल्मी–२ मा नेपाली कम्युनिस्ट पार्टीले फेब्रुअरी २१ लाई वैचारिक प्रतिबद्धताको दिनका रूपमा मनाएको छ। १८४८ मा प्रकाशित The Communist Manifestoको स्मरण गर्दै पार्टीले वडा र पालिका तहमा विशेष बैठक आयोजना गरेको थियो।
नेता प्रमेश पोखरेलले कार्यकर्तालाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई अवसरवादबाट जोगाउँदै सिद्धान्त, संगठन र जनसम्पर्कको त्रिकोणमा उभ्याउनुपर्ने बताएका छन्। उनले कृषि संकट, युवा पलायन र उद्योगहीनतालाई दलाल–नौकरशाही संरचनासँग जोड्दै उत्पादन पुनर्निर्माणलाई मुख्य राजनीतिक कार्यभारको रूपमा व्याख्या गरे।
घरदैलो कार्यक्रममा उनले मत माग्दै भने, “हामी मत मात्र होइन, विचारको समर्थन खोजिरहेका छौं।” अभियानका क्रममा युवा र किसानसँग प्रत्यक्ष संवाद गर्दै सहकारी कृषि, स्थानीय उद्योग र पारदर्शी शासनबारे प्रतिबद्धता व्यक्त गरिएको थियो।












