१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र परिणाममुखी काम अबको आवश्यकता: अध्यक्ष घिसिङ



फाइल फोटो
अ+ अ-

सुनसरी। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

आज यहाँ पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावी आमसभामा उहाँले अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने  र त्यही आवश्यकताबोध गरी पार्टी चुनावमा होमिएको बताउनुभयो ।

जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । जलस्रोत व्यवस्थापनभित्र सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका महत्त्वपूर्ण क्षेत्र जोडिने भएकाले यसको एकीकृत योजना बनाएर अघि बढ्न आफूले ध्यान दिने बताउनुभयो ।

“देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ ।  ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी चुनावमा आएको छ”, अध्यक्ष घिसिङले भन्नुभयो ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको बताउनुभयो । अध्यक्ष घिसिङले सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिने उल्लेख गर्दै नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।

अध्यक्ष घिसिङले सामाजिक न्याय स्थापना, विभेद तथा विसङ्गति अन्त्य, क्षमतामूलक समाज निर्माण तथा युवालाई स्वदेशमै रोजगारी सृजना गर्न सकेमात्र देशको अर्थतन्त्र आत्मनिर्भर बन्ने र त्यसका लागि आफ्नो पार्टीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस