२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक सिलिगुडीमा नेपथ्य



अ+ अ-

काठमाडौँ: पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ ।

ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदै छ । गत साता मुलुकका चार सहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ ।

नेपथ्यले यसअघि सिलिगुडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका पहाडी बस्तीमा नेपालीभाषी समुदायको ठूलो उपस्थिति छ । पछिल्लो समय भने सबैतिरबाट बसाइँ सरेर आएकाहरूको उल्लेख्य जनसङ्ख्याले यो बहुसांस्कृतिक सहर दिन प्रतिदिन व्यापक बन्दै गएको छ ।

नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङकालिम्पोङमिरिकसिक्किमडुवर्सजयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् । पछिल्लो समय त्यस्ता दर्शकमा सिलिगुडीको मात्रा बढ्दै गएको थियो । यसपाला भने सिलिगुडीको कन्सर्ट हेर्न ती भारतीय सहरबाट मात्र होइनझापा र इलामदेखि समेत दर्शक उतातर्फ जाने अपेक्षा स्थानीय आयोजकले गरेका छन् ।

विशेषतः यो सिङ्गो भेगका नेपालीभाषीको उत्सवमय जमघट गराउने प्रयास हो,’ स्थानीय आयोजक ‘पोजिटिभ भाइब्स’ का विकेश कायस्थ भन्छन्, ‘टिकट बिक्री खुला हुनासाथ उत्साहजनक रूपमा सबैतिरका दर्शकले बुकिङ गर्न थालिसकेका छन् ।’ कायस्थका अनुसार कन्सर्टका लागि एक साता अवधि बाँकी रहँदै तीन हजार टिकट विक्री भइसकेको छ ।

चियावनपैदावार र पर्यटनको सम्भावनाका साथ अघि बढ्दै गरेको सिलिगुडी पछिल्लो समय व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा पनि तीव्र गतिमा विस्तार हुँदै गएको छ । छेवैमा नेपाल र बङ्गलादेश अनि अलिक पर भुटान र चीनका सिमानाहरूसँग पनि जोडिएकाले यसको भूराजनीतिक महत्त्व पनि उत्तिकै छ ।

भानुभक्तदेखि पारिजातसम्मका शालिकहरू अटाएको यस महानगरमा नेपाली साहित्य र संस्कृतिका फराकिला गतिविधिले महत्त्वपूर्ण स्थान पाउँदै आएको देखिन्छ ।

साढे तीन दशकदेखि विश्वभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको नेपथ्य शनिबार बेलुकी सिलिगुडीको ‘उत्सोधारा टिस्टा टाउनसिप’ को मैदानमा उभिनेछ । त्यहाँस्थित ‘कावाखाली ग्राउन्ड’ को पछिल्लो भागमा पर्ने आयोजनास्थलका ढोकाहरू बेलुकी साढे ५ बजे खुला गरिनेछन् भने त्यसको ठीक दुई घण्टापछि कन्सर्ट सुरु हुनेछ ।

भाषाले जोडेको भावनात्मक सम्बन्ध पछ्याउँदै हामीले त्यस भेगमा नेपथ्यलाई पहिले पनि प्रस्तुत गरिसकेका छौँ,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूको अनुभवबाट आर्जित साङ्गीतिकप्राविधिक एवं व्यवस्थापकीय स्वाद पनि उस्तै गुणस्तरका साथ उभ्याउन हामी प्रयासरत छौँ ।’

नेपथ्यले गत वर्ष लन्डनस्थित ‘वेम्बली एरिना’ मा १० हजार दर्शकमाझ आफूलाई प्रस्तुत गरेको थियो भने त्यसलगत्तै युरोपका विभिन्न सहरको सफल यात्रा गरेको थियो ।

भारतका नेपालीभाषी श्रोता–दर्शकले हामीलाई पहिले पनि उत्तिकै माया गर्दै आउनुभएको हो,’ ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यस पटकको प्रस्तुतिबाट त्यसलाई नयाँ उचाइमा लैजान आतुर छौँ ।’

अघिल्ला यात्रामा जस्तै सिलिगुडीमा पनि नेपालबाट ब्यान्डका सदस्यसहित प्राविधिक एवं व्यवस्थापन गरेर ठूलो समूह भारततर्फ प्रस्थान गर्दैछ ।

मञ्चमा भने अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

सिलिगुडीको कन्सर्टका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । वेबसाइटमा नेपालबाहेक भारत र अन्य मुलुकमा रहेका दर्शकले पनि अनलाइनबाटै टिकट काट्न सक्ने गरी दुई बेग्लाबेग्लै ‘पोर्टल’ सिर्जना गरिएका छन् ।