२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडद्वारा एभर्टन पराजित



बेन्जामिन सेस्को
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

एभर्टनको गृह मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा दुबै टोलीले निकै राम्रा मुभ बनाए पनि अन्तत: युनाइटेडले बेन्जामिन सेस्कोको गोल मद्दतले १–० गोल अन्तरले खेल जित्यो ।

स्थानापन्न खेलाडीका रुपमा ५८औं मिनेटमा मैदान प्रवेश गरेका सेस्कोले ब्रायन बुमोले दिएको पासमा ७१औं मिनेटमा युनाइटेडका लागि गोल गरेका थिए ।

यो जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लेको छ । युनाइटेडले २७ खेलबाट ४८ अंक जोडेको छ । अहिले निकै राम्रो फर्ममा रहेको युनाइटेडले पछिल्ला पाँच खेलमा चार वटामा जित निकालेको छ भने एउटा खेल बराबरी गरेको छ ।

उता, एभर्टन भने ३७ अंकका साथ लिगमा नवौं स्थानमा छ ।

अंक तालिका 

१. आर्सनल – ६१ अंक
२. म्यानचेस्टर सिटी – ५६ अंक
३. एस्टन भिल्ला – ५१ अंक
४. म्यानचेस्टर युनाइटेड – ४८ अंक
५. चेल्सी – ४५ अंक
६. लिभरपुल – ४५ अंक




भर्खरै