२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ढकालको दाबी: १० अर्ब पुँजीको एनडीपी सञ्चालनमा, ५० अर्बसम्मका परियोजनामा लगानी सम्भव



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा १० अर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले उद्योगी, व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएन)को सहभागितामा एनडीपी कम्पनी स्थापना गरिएको जानकारी दिए । उनका अनुसार उक्त कम्पनीमार्फत देशका ७७ वटै जिल्लामा रहेका उद्यमी र नवप्रवर्तकले आवश्यक पुँजी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ढकालले नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको स्पष्ट पार्दै यसबाट मुलुकमा उद्योग व्यवसाय विस्तार र सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले १० अर्ब रुपैयाँ पेडअप क्यापिटललाई इक्विटीका रूपमा प्रयोग गरी ४० देखि ५० अर्ब रुपैयाँसम्मका ठूला परियोजनामा लगानी गर्ने आधार तयार भइसकेको बताए । कम्पनीको संरचना समेत तयार भइसकेकाले देशभरका उद्यमीलाई लगानी पहुँच विस्तार हुने उनको दाबी छ ।

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा डेडिकेटेड र ट्रंक लाइनको भुक्तानीसम्बन्धी समस्या चर्किएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठनको पहल गरेको जानकारी दिए । उनले उक्त विषयमा गठित ‘लाल आयोग’को प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन सरकारसमक्ष आग्रह गरे ।