काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश सुनाएको हो।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरेकी थिइन्।












