२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनका गृहमन्त्रीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल



अ+ अ-

बेइजिङ । नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ। गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्याउने विरुद्ध सहकार्य गर्ने भएका छन्।

गृहमन्त्री थापाले सोमबार बेइजिङमा चीनको राज्य परिषद्का सदस्य तथा सार्वजनिक सुरक्षामन्त्री चाओसँग द्विपक्षीय सम्बन्ध उचाइमा लैजान सहकार्य अपरिहार्य रहेको बताएका थिए। गृहमन्त्री थापा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणामा आइतबार बेइजिङ आइपुगेका हुन्। उनीहरूबीच चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको थियो।

चिनियाँ पक्षले तिब्बत, हङकङ र सिनच्याङ चीनको आन्तरिक मामिला भएको र यस सम्बन्धमा अरू देशले हस्तक्षेप गर्नु आवश्यक नभएको प्रस्ट पारेको थियो। मन्त्री थापाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चिनियाँ मन्त्री तथा सुरक्षा अधिकारीसँग मैत्रीपूर्ण तथा सौहार्द भेटवार्ता भएको जानकारी दिए। सुपुर्दगी सन्धिका विषयमा केही छलफल भयो कि भन्ने जिज्ञासा प्रवक्ता शर्माले भने, ‘यो एउटा मैत्रीपूर्ण निमन्त्रणामा भएको भेटघाट कार्यक्रम मात्र हो। कुनै किसिमको सन्धिसम्झौता भएको छैन।’

गत असोजमा राष्ट्रपति सी चिनिफिङको भ्रमणका क्रममा कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। यही आधारमा सुर्पुदगी सन्धि पनि हुन सक्ने अनुमान छ। मन्त्री थापाले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट