२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटमै झांगिदै नेकपा, राष्ट्रिय मुद्दाभन्दा आन्तरिक व्यवस्थापनमा सकस



अ+ अ-

काठमाडौं । नेपालको इतिहासमा सिटको संख्यामा दोस्रो ठूलो सरकार सञ्चालन गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनः गुटमै रुमल्लिन थालेको छ । देश विकासको आवश्यकतालाई भन्दै २०७४ जेठ ३ गते तत्कालीन एमाले र माओवादीले एकता गरी बनाएको नेकपा गठनको १९ महिना पुगिसक्दा पनि गुट झनै झांगिदै जान थालेको हो । तत्कालीन माओवादी केन्द्रभन्दा एमालेतर्फका नेताहरू गुटमा बढी तल्लीन देखिन थालेका छन् ।

पार्टी एकता गरेको लामो समय बिते पनि अझै पूर्वएमाले र पूर्वमाओवादीको ट्याग हट्न सकेको छैन । उपगुटहरू समेत मजबुत बन्न थालेका नेकपाकै शीर्ष नेताहरूले बताउन थालेका छन् । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, विभाग र संगठनमा भागबन्डा गरेर एकता गर्नु तत्कालीन रूपमा स्वभाविक थियो । तर, अहिलेसम्म पनि दुई पार्टीको अभ्यास नेकपाले छाडेको छैन । जसको जवलन्त उदाहरण हो, सभामुख चयन । धेरैले यसलाई पूर्वदुई पार्टी एमाले र माओवादीविचको प्रतिष्ठाको लडाइँ भएको टिप्पणी गरिरहेका छन् ।

पार्टीका दोस्रो तहका नेताहरू पनि यसलाई जुँगाको लडाइँजस्तो गरेर प्रचार गरिरहेका छन् ।समयमै निर्णय लिन नसक्दा नेकपामाथि नै अहिले गम्भीर आक्षेप लागिरहेको छ, प्रतिनिधिसभा नेकपाले बन्धक बनायो भनेर । राष्ट्रिय मुद्दाहरू अहिले संसद् नहुँदा छलफल हुन पाएका छैनन् । कतिपय विधेयकहरू पनि बन्न सकिरहेका छैनन् । पुस ४ गते बोलाएको हिउँदे अधिवेशन अहिलेसम्म बस्न सकेको छैन । सुरुआति औपचारिक बैठक मुस्किलले चार मिनेटभन्दा बढी बस्न सकेन ।

त्यसयता निरन्तर सूचना टाँस गरेर स्थगित हुँदै आइरहेको छ । पुस ११ गते बोलाइएको दोस्रो बैठक सूचना टाँसेर १६ गते बस्नेगरी स्थगित भयो । फेरि १५ गते नै २७ गते बस्ने गरी अर्को सूचना निकालियो । पूर्वमाओवादी पक्षले कुनै पनि हालतमा सभामुख नछाड्ने र पूर्वएमालेले सर्वमान्य नेतालाई नै सभामुख बनाउनुपर्ने अडानका कारण अहिले समस्या लम्बिएको छ । शक्ति सन्तुलनका हिसाबले पनि सभामुख आफूले पाउनुपर्ने अडान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राख्ने गरेको सो पक्षका नेताहरू बताउँछन् ।

यद्यपि स्रोतका अनुसार औपचारिक कुनै पनि बैठकमा दुई अध्यक्षबीच खुलेर विवादित विषयमा कुराकानी नै हुने गरेको छैन । दुईअध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच मात्र यो विषयमा कुराकानी हुने भएकाले के हो विवादको चुरो भनेर दोस्रो तहका नेतालाई ठम्याउनै गाह्रो छ । दुई नेताबीचको भेटवार्तापछि हुने छलफलमा अनुमानका भरमा नेताहरूले बाहिर कुरा ल्याउने गरेको पूर्वएमालेका नेताहरू बताउँछन् । आन्तरिक विवाद भए पनि सभामुखका विषयमा भने अर्को पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा ल्याउनका लागि कुरिरहेको दाबी स्रोतले गरेको छ ।

राजपा सरकारमा आउने भएपछि सभामुख, उपसभामुख, प्रदेश सरकार र मन्त्रीको बाँडफाँडका विषयमा प्याकेजमा सहमति खोजिने नेकपाका नेताहरूले बताएका छन् । राजपालाई उपसभामुख र दुई मन्त्री दिएर सभामुख र प्रदेश–२ सरकारको नेतृत्व आफू लिने पक्षमा नेकपा रहेको बताइएको छ । यद्यपि अहिलेसम्म भएको दुई पार्टीको आन्तरिक छलफलमा सहमति भने कुनैपनि विषयमा जुट्न सकेको छैन ।

ठूलो पार्टी भएकाले नेकपालाई अहिले आन्तरिक गुट व्यवस्थापन गर्न नै हम्मेहम्मे परेको छ । राष्ट्रिय सभाका उम्मेदवार छान्नका लागि नै दुई दिन लगाएर करिब ८ घन्टाभन्दा बढी समय नै सचिवालयमा छलफल गर्नुपर्यो । जसमा पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना छन् ।त्यसमा पनि नेतापिच्छे गुटका आधारमा भागबन्डा गरिएर मिलाइएको छ । एक वर्षपछि मंसिर अन्तिमदेखि एक सातासम्म चलेको स्थायी कमिटी बैठकमै अध्यक्ष प्रचण्डले नेकपाभित्र गुट उपगुट झांगिएको बताएका थिए ।

एकलौटी रूपमा झन्डै दुई तिहाई मत पाएको नेकपाले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय विकासका मुद्दा अगाडि बढाउनुपर्नेमा हरेक विषयमा पार्टीभित्रै विवाद चुलिँदै गएको छ । सभामुख चयन, एमसीसी विवाद, प्रदेशका राजधानी र नाम तोक्ने विषयमा दैनिक लफडामा फस्दै गएको छ । केन्द्रले नै सबै प्रदेशमा समेत हस्तक्षेप गर्नुपर्ने अवस्था आइसकेको छ । अझैसम्म पनि एकताले पूर्ण रूप नपाउँदा नेता कार्यकर्ता अझै परिचालन गर्न सकेको छैन ।

करिब ९ लाख संगठित नेता कार्याकर्ता भएको दाबी गर्दै आएको नेकपाले केही हजारलाई मात्र जिम्मेवारी दिन सकेको छ । जसले गर्दा पार्टीले लिएको समृद्ध नेपाल सुखी नेपालको अवधारणामा सोचे अनुरुपको काम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । सौर्य दैनिकबाट