२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको १५ वर्षको मुद्दा फछ्र्योट चिन्ताजनक अवस्थामा



अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतको पछिल्लो १५ वर्षको मुद्दा फछ्र्योट चिन्ताजनक अवस्थामा देखिएको छ । १५ वर्षअघिदेखिको रेकर्ड हेर्दा सर्वोेच्चले मुस्किलले सबैभन्दा धेरै ३६ प्र्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ । तीन वटा पञ्चवर्षीय योजनामा सर्वोच्च आफैंले राखेको रणनीतिक योजनामा असफल भएपछि चौथो पञ्चवर्षीय रणनीतिक योजनामा कति मुद्दा फछ्र्योट गर्ने भन्ने समेटिएन । तर, उच्च अदालत र जिल्ला अदालतका हकमा भने रणनीतिक योजना तथा लक्ष्य निर्धारण गरियो ।

प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर जबराले नेतृत्व गरेपछि सर्वोच्चको २०७५/७६ को प्रतिवेदनमा मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत कमी आएको उल्लेख छ । सर्वोच्चमा ३०.७६ प्रतिशत मात्र मुद्दा छिनिएको छ । सर्वोच्चमा पुराना र नयाँ गरी ३४ हजार ९ सय २२ थान मुद्दा रहेकामा यस वर्ष १० हजार ७ सय ४२ थान मात्र फछ्र्योट भएको छ । जुन गत वर्षभन्दा १३.५ प्रतिशत थोरै हो भने कुल मुद्दामा ३० प्रतिशत मात्र सफलता मिलेको छ । ओमप्रकाश मिश्रको पालामा आर्थिक वर्ष २०७४/७५ मा २५ हजार ५ सय ९४ मुद्दामा ९ हजार १ सय २७ थान मुद्दा फछ्र्योट अर्थात् ३६.१६ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ ।

उच्च अदालतमा भने ६३.८१ प्रतिशत मुद्दामा सफलता मिलेको छ । जिल्ला अदालतले ५८.८७ प्रतिशत मुद्दामा सफलता हात पारेको छ । सर्वोच्चले भने वार्षिक प्रतिवेदनमा न्यायाधीश र जनशक्ति अभाव, कम बजेट, साधन, स्रोत र प्रविधिको कारण दर्साउँदै आएको छ । ६० प्रतिशत मुद्दाको फछ्र्योट गर्ने योजनासहित पञ्चवर्षीय रणनीतिक योजना बनाए पनि असफल बन्दै आएको थियो । फैसला ढिलाइ हुनु भनेको न्यायमा विलम्ब हुनु हो । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह मानिने न्यायविद्को तर्क छ । तर, सर्वोच्चले आफैंले बनाएको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो रणनीतिक योजनाको डेढ दशक मुद्दा फछ्र्योटमा असफल देखिएको छ ।

गोपाल पराजुली नेतृत्वमा आर्थिक वर्ष २०७३/७४ मा ३४ हजार ३ सय ५३ थान मुद्दा हुँदा ३२ दशमलव ९५ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । उच्च अदालत (तत्कालीन पुनरावेदन)ले भने ६२ दशमलव ८३ प्रतिशत र जिल्लाले ६७ दशमलव ८३ प्रतिशत सफलता पायो । सर्वोच्चले पञ्चवर्षीय रणनीतिक योजनाको पहिलो रणनीतिक योजना लागू हुँदा प्र्रधानन्यायाधीश हरिप्रसाद शर्माको नेतृत्व थियो । सुशीला कार्की नेतृत्वको सर्वोच्चले आर्थिक वर्ष २०७२/७३ मा ३५ हजार १ सय ६९ मुद्दामा ३१ दशमलव ७८ प्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ ।

यो वर्ष पुनरावेदनले ६३ दशमलव ११ र जिल्लाले ६२ दशमलव ३६ प्रतिशत सफलता हासिल गरेको थियो । पहिलो रणनीतिक योजनाको आर्थिक वर्ष २०७०/७१ मा रामकुमारप्रसाद साह नेतृत्वको सर्वोच्चमा २४ हजार ७ सय ३५ मुद्दा हुँदा २४ दशमलव ४ प्रतिशत मुद्दाको टुंगो लागेको थियो । पुनरावेदन (हालको उच्च अदालतमा) भने ६९ दशमलव ४६ र जिल्लामा भने ६१ दशमलव ५१ प्रतिशत सफलता प्राप्त भएको थियो । कल्याण श्रेष्ठको कार्यकालमा पनि स्थिति निराशाजनक नै रह्यो । आर्थिक वर्ष २०७१/७२ मा कुल मुद्दा २८ हजार २ सय ७५ हुँदा सर्वोच्चमा २२ दशमलव ८० प्रतिशत मात्र सफलता मिलेको थियो ।

यो वर्ष पुनरावेदनको लक्ष्य ७२ दशमलव २८ प्रतिशत र जिल्लामा ६५ दशमलव ८१ प्रतिशतमा उक्लिएको थियो । खिलराज रेग्मी नेतृत्वको सर्वोच्चले आर्थिक वर्ष २०६७/६८ मा १७ हजार ८ सय ४२ थान मुद्दा हुँदा ४१ दशमलव ७५ प्रतिशत मात्र फैसला भयो । यस वर्ष पुनरावेदन (उच्च)मा ६३ दशमलव ५४ प्रतिशत र जिल्लामा ५५ दशमलव ७९ प्रतिशत लक्ष्य हासिल भएको थियो । रेग्मी नेतृत्वकै सर्वोच्चले आर्थिक वर्ष २०६८/६९ मा आएर १९ हजार ५३ मुद्दा हुँदा ३३ दशमलव २७ प्रतिशत मात्र प्रगति भएको थियो । पुनरावेदन (उच्च)मा ६८ दशमलव २५ प्रतिशत र जिल्लामा ५८ दशमलव १५ प्रतिशत प्रगति भएको थियो ।

सर्वोच्चले आर्थिक वर्ष २०६९/७० मा २० हजार ८ सय ११ थान मुद्दा हुँदा सर्वोच्चमा २० दशमलव ९५ प्रतिशत मुद्दा छिन्यो । सो आर्थिक वर्षमा दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश थिए ।
रामप्रसाद श्रेष्ठको नेतृत्वको सर्वोच्चले आर्थिक वर्ष २०६६/६७ मा १७ हजार ३ सय ५४ थान मुद्दा हुँदा ४४ दशमलव ४७ प्रतिशत फछ्र्योट भएको थियो । सो वर्ष पुनरावेदनमा ६३ दशमलव ५७ प्रतिशत र जिल्लामा ५५ दशमलव ९८ प्रतिशत मुद्दाको टुंगो लागेको थियो ।

सर्वोच्चको वार्षिक प्रतिवेदनलाई आधार मान्दा प्रधानन्यायाधीश अनुपराज शर्माको नेतृत्वको सर्वोच्चमा आर्थिक वर्ष २०६५/६६ मा कुल १७ हजार ९ सय ६१ मुद्दामध्ये ३८.८९ प्रतिशत मुद्दा फछ्र्योट भएको देखिन्छ । यो वर्ष पुनरावेदन (हालको उच्च)मा भने ४६.२४ प्रतिशत र जिल्लामा ५१.६ प्रतिशत सफलता मिलेको थियो ।

कसको पालामा कति प्रतिशत फछ्र्योट

  • चोलेन्द्र्र शमशेर जबरा हाल सम्म : ३०.७६
  • ओमप्रकाश मिश्र : ३६.१६
  • गोपाल पराजुली : ३२.९५
  • सुशीला कार्की : ३१.७८
  • खिलराज रेग्मी : ४१.७५
  • रामप्रसाद श्रेष्ठ : ४४.४७
  • कल्याण श्रेष्ठ : २२.८०
  • अनुपराज शर्मा : ३८.८९
  • रामकुमारप्रसाद साह : २४.४
  • दिलिपकुमार पौडेल : ३६.५६
  • दामोदरप्रसाद शर्मा : २०.९५

केदारप्रसाद गिरी प्रधानन्यायाधीश रहेका बेला आर्थिक वर्ष २०६४/६५ मा १८ हजार ५ सय ६४ मुद्दा हुँदा ३० दशमलव २१ प्रतिशत मुद्दा छिनिएको थियो । यस अवधिमा पुनरावेदनमा ४७ प्रतिशत र जिल्लामा ४६ दशमलव १४ प्रतिशत मात्र सफलता मिलेको थियो । आर्थिक वर्ष २०६१/६२ देखि २०६५/६६ सम्म पहिलो रणनीतिक योजना लागू भएको थियो । प्रधानन्यायाधीश दिलिपकुमार पौडेलको नेतृत्व रहेको बेला आर्थिक वर्ष २०६२/६३ मा २२ हजार ३ सय ७७ मुद्दा रहेकोमा ८ हजार १ सय ८१ अर्थात् ३६.५६ प्रतिशत मुद्दा फछ्र्योट भएको देखिन्छ ।

सोही आर्थिक वर्षमा पुनरावेदन ९हालको उच्च अदालत० ले २१ हजार ८ सय ९६ थान मुद्दामा ११ हजार १ सय ७३ थान अर्थात् ५१.०३ मुद्दा फछ्र्योट भएको देखिन्छ । जिल्ला अदालतमा भने ५७ हजार ४ सय ४२ मुद्दा रहेकामा २५ हजार १ सय ६७ मुद्दा अर्थात् ४३.८१ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो । योजनाको तेस्रो वर्ष प्रधानन्यायाधीश पौडेलकै नेतृत्वमा चलेको थियो । उनको कार्यकालमा सर्वोच्चले आर्थिक वर्ष २०६३/६४ १९ हजार ७ सय ९५ थान मुद्दामा ६ हजार ३ सय १९ ३१।९२ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सोही आर्थिक वर्षमा पुनरावेदन (हालको उच्च अदालत) मा १९ हजार ६ सय ११ मुद्दामा ११ हजार ८ सय मुद्दा अर्थात् ६०।२१ प्रतिशत मुद्दा फछ्र्योट भएको देखिन्छ । जिल्ला अदालतमा भने ६७ हजार ७ सय १३ मुद्दामा ३६ हजार ८ सय ९४ मुद्दा अर्थात् ५४.४९ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो ।सर्वोच्चले आर्थिक वर्ष २०६१/६२ देखि पहिलो रणनीतिक योजना लागू गरेको थियो । सर्वोच्चले पहिलो रणनीतिक योजनाको पहिलो वर्ष आर्थिक वर्ष २०६१/६२ मा २३ हजार ८ सय ४० वटा मुद्दामा ७ हजार ४ सय ९४ मुद्दा अर्थात् (३१.४३ प्रतिशत) मुद्दा फछ्र्योट भएको थियो ।

सोही समयदेखि सर्वोच्चले आफूले रोखेको लक्ष्य भेट्टाउन सकेको देखिँदैन । तर, सो रणनीतिक योजनाअन्तर्गत योजनाको पहिलो वर्ष २०६१/०६२ मा पुनारावेदन (हाल उच्च अदालत) मा २२ हजार २ सय ८८ मुद्दामा १२ हजार १ सय ३१ अर्थात् ५४.४३ प्र्रतिशत मुद्दा फछ्र्योट भएको थियो । सोही आर्थिक वर्षमा जिल्ला अदालतमा ५८ हजार ९०२ मुद्दामा ३३ हजार २ सय ३ मुद्दा अर्थात् ५६.३७ प्र्रतिशत मुद्दा फछ्र्योट भएको देखिन्छ ।

पञ्चवर्षीय रणनीतिक योजनाको डेढ दशकको समग्र्र्र मूल्यांकन हेर्दा सर्वोच्च अदालत मुद्दा फछ्र्योटमा कमजोर भएको देखिन्छ । पहिलो रणनीतिक योजनाको दोस्रो आर्थिक वर्षमा सर्वोच्चले मुस्किलले ३६.५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ । राजधानी दैनिकबाट