२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी



अ+ अ-

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

उहाँले ३३ हजार ९५२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत ल्याउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले छ हजार ४१८ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले छ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तीर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले आज उम्मेदवार बोहरालाई प्रमाण पत्र हस्तान्तरण गर्दै विजयी भएकामा शुभकामना व्यक्त गर्नुभयो ।

सोही क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला,  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक खत्रीलगायतले बोहरालाई बधाई तथा शुभकामना दिनुभयो ।

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित बोहराले जनताको आशा र विश्वासमा खरो उत्रिने र जनहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख नौ हजार ५७४ रहेकामा ६४ हजार ८८१ मत खसेको थियो । रासस