२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताउनुभएको छ ।
इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पुर्याउनुपर्छ भन्नुभयो ।

“महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतापूर्ण देश हो । विविधताबीच एकता नै हाम्रो मूल पहिचान हो । यसै सन्दर्भमा इसाई समुदायले विशेष महत्वका साथ मनाउने क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ।

देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्व, कला एवं संस्कृतिले विविधताबीच नेपाली समाजलाई बलियो बनाएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार दृढतापूर्वक लागिपरेको छ । हामी सबैको इमान्दार प्रयास, मेहेनत र प्रतिबद्धताबाट नेपाली जनताको युगौँदेखिको समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”