२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ताहरू भन्छन्ः आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ



अ+ अ-

काठमाडाैँ । उपभोक्ताहरूले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् ।

मंगलवार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले सङ्कटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो ।

“ग्याँसहरू कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भईहाल्यो । यस्तै हो । गाह्रो भईराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु,”एक उपभोक्ताले भने ।

नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरिन् ।  उपभोक्ताहरूले ग्याँसको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए ।