२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ



सुदन गुरूङ
अ+ अ-

ललितपुर। गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन आएको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा घाइतेहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारजमा खर्च गर्ने बताउनुभयो ।

आन्दोलनमा उठेका मुद्दालाई संसद्मा पु¥याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दहेज–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट गर्नुभयो । रासस