२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङ हेलिकप्टर दुर्घटनाः एक जना घाइते



अ+ अ-

काठमाडाैँ । काठमाडौँ–खोटाङ मार्गमा उडेको एयर डाईनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् । रजिष्ट्रेशन नं. ९ एन-एएफक्यू रहेको उक्त हेलिकप्टरमा ५ जना यात्रु र १ जना पाइलट गरी ६ जना सवार थिए।

स्थानीय समय अनुसार बिहान ११:०९ बजे काठमाडौँ विमानस्थलबाट बालवेशी, खोटाङ (खानीडाँडाको १७ किलोमिटर उत्तरपूर्व) तर्फ उडेको हेलिकप्टर अवतरणको क्रममा असन्तुलन भई पल्टीएको थियो।

घाइते यात्रु र पाइलटलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँको ह्यामस हस्पिटलमा १२:४२ बजे उपचारका लागि ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।