२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : कोशी प्रदेशको १८ सदस्यीय टोली घोषणा



अ+ अ-

मोरङ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरिएको छ ।

उक्त प्रतियोगिताका लागि सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिनुभयो । विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा हिजो सम्पन्न खेलमा खेलाडी छनोट गरिएको थियो ।

खेलाडी छनोट प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका खेलाडीको सहभागिता थियो । उक्त प्रतियोगिताका लागि १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

प्रतियोगितामा कप्तान थपलियासहित झापाबाट छ, मोरङबाट चार, उदयपुरबाट तीन, सुनसरी र इलामबाट एक÷एकजना खेलाडी छनोट भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतियोगिताका लागि प्रशिक्षकमा राजकुमार प्रधान, व्यवस्थापकमा शशीशेखर झा र फिजियोमा विपिन भट्टराई रहेका छन् । टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कँडेल, प्रेम कामत, झापाबाट थपलिया बाहेक समिर कार्की, अङ्कित सुवेदी, ज्ञानेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो, सुनसरीबाट रोहन साह, इलामबाट शिवाङस बजगार्इं तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन् ।

बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले नौ वटा खेल खेल्नेछ । प्रतियोगितामा कोशीसहित सात प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । रासस