२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

के रास्वपाले समानुपातिक सांसदलाई मन्त्री बनाउला ?



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणमा समानुपातिक सांसदलाई मन्त्री नबनाउने तयारी गरेको छ । पार्टी स्रोतका अनुसार, समानुपातिक सांसदलाई मन्त्री नबनाउने बारेमा रास्वपाका शीर्ष नेताहरुबीच सैद्धान्तिक सहमति भइसकेको छ ।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जितेको छ ।

निर्वाचन आयोगले आजै सांसदहरुको पूर्ण विवरण राष्ट्रपति कार्यालयमा बुझाए लगत्तै नयाँ सरकार गठनका लागि औपचारिक बाटो खुल्नेछ । रास्वपाले नयाँ सरकार गठनको गृहकार्य पनि गरिरहेको छ । सम्भवत: यही चैत १० गते नयाँ सरकारको शपथ हुनेछ ।

रास्वपामा यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको छ ।

बालेन नेतृत्वको मन्त्रिपरिषदमा विषयगत विज्ञताका आधारमा मन्त्री चयन गर्ने रास्वपाको तयारी छ । रास्वपाले एकल सरकार बनाउने भएपछि पहिलो चरणमै मन्त्री बन्न केही सांसदहरु ‘लबिइङ’मा लागेको बताइएको छ । मन्त्री बन्नकै लागि केही सांसदले मिडिया ट्रायल समेत गर्न थालेको चर्चा रास्वपाभित्रै हुन थालेको छ ।

रास्वपा सभापति रवि लामिछानेले हिजो नवनिर्वाचित सांसदहरुको अभिमूखीकरणमा पनि केही सांसदले मन्त्री बन्न दौडधुप गरेको संकेत गरेका थिए ।

रास्वपामा प्रत्यक्षतर्फबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, अर्थतन्त्र, परराष्ट्र, जनस्वास्थ्य, कानुन लगायत थुप्रै क्षेत्रका विज्ञ निर्वाचित भएका छन् । समानुपातिकतर्फ पनि केही विज्ञ निर्वाचित भएका छन् ।

सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित पार्टीका केही उच्च नेताहरुले परिणाम दिन सक्ने व्यक्तिहरुलाई मन्त्री बनाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाई छ ।

चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने र १५ गते संसदको पहिलो बैठक आह्वान गर्ने संसद सचिवालयको तयारी छ ।