२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतीय सांसदहरूसँग छलफल



अ+ अ-

काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने तथा भारतमा रहेका प्रवासी नेपाली समुदायका साझा समस्याहरू समाधान गर्ने उद्देश्यले भारतीय सांसदहरूसँग महत्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ।

उक्त भेटघाटमा एम. ए. बेबी, हनुमान बेनीवाल, राजकुमार रोत, चन्द्रशेखर आजाद, प्रसुन बनर्जी लगायतसँग समसामयिक विषयमा सकारात्मक र फलदायी छलफल भएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिनुभयो ।

छलफलका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै खुला सीमा व्यवस्थापन, रोजगारीका अवसर, शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा प्रवासी नेपालीहरूको कानुनी पहिचानसँग सम्बन्धित विविध महत्वपूर्ण मुद्दाहरूमा गम्भीर विचार आदान–प्रदान गरिएको जनाइएको छ।

यस प्रकारको भेटघाटले दुई देशबीच आपसी सहकार्य, प्रभावकारी संवाद तथा नीतिगत पहलमार्फत प्रवासी नेपालीका समस्या समाधानतर्फ दीर्घकालीन मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ। यस्ता पहलहरूले नेपाल–भारत सम्बन्धलाई अझ विश्वासिलो, दिगो तथा परिणाममुखी बनाउने आधार तयार पार्ने अपेक्षा गरिएको महासचिव खड्काले जानकारी दिनुभयो ।