काठमाडाैँ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिएका छन् ।
लामो समयदेखि कानून पेसामा सक्रिय भण्डारीले वर्तमान समयमा कानून व्यवसाय मात्र जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम नबनेको बताए । उनले आफ्नो व्यावसायिक यात्राको स्मरण गर्दै आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महसुस गरेको उल्लेख गरे।
उनका अनुसार आफूले दिएको सल्लाह र निर्देशन पालना गर्ने व्यक्तिहरू देशका उच्च राजनीतिक तथा न्यायिक पदमा पुगेको भन्दै उनले गर्व व्यक्त गरे । विशेषगरी सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि र खुशीको अवसरका रूपमा स्मरण गरे।
उनले भने, “हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन ।”
भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत निष्ठा कायम राख्न आर्थिक अभाव हुन नदिई वैकल्पिक आर्थिक गतिविधिमा पनि संलग्न हुनुपर्नेमा जोड दिए।












