२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा



अ+ अ-

काठमाडाैँ । समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन भन्ने मूल नाराका साथ शनिवार काठमाडौँको माइतीघरमा ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको उक्त ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक नेता र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक वर्ष मार्च २१ मा विश्वभर जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ, जसले समानता र न्यायको आवाजलाई बुलन्द पार्दै आएको छ ।

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै पनि छुवाछुत र उत्पीडनका घटनाहरू कायमै छन् । यो दिवसले हामीलाई हाम्रो अधिकारका लागि निरन्तर लड्न प्रेरणा दिन्छ ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिलमा रंगभेद विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो ।

सोही दुःखद् घटनाको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको रूपमा घोषणा गरेको हो । नेपालमा पनि यो दिवसलाई दलित अधिकार र सामाजिक न्यायको महत्वपूर्ण कडीको रूपमा मनाइँदै आएको छ ।