२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ



अ+ अ-

रसुवा। एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् ।

आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिरामी बोकेको बहाना बनाई काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ का चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन् ।

यसैगरी, रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट २ ग्राम कालो चरेश तथा पहेँलो सात र सुन्तला रङ्गका पाँच क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस




भर्खरै