२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवाद: नेपालको पहल निरन्तर भारतको जवाफ नै आउँदैन्



अ+ अ-

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा मिचिएको विषयमा भारतले तत्काल परराष्ट्र सचिव स्तरमा वार्ता नगर्ने भएको छ। नेतृत्व आन्तरिक राजनीतिक मामिलामा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र परिवर्तन भएको र भारतीय राजदूतको कार्यकाल पनि सकिन लागेको कारण देखाउँदै भारतले सचिवस्तरीय वार्ता अघि नबढ्ने संकेत दिएको परराष्ट्र अधिकारीले बताएका छन्। भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल डेढ महिनापछि र काठमाडौंमा राजदूत मञ्जिभसिंह पुरीको कार्यकाल दुई सातापछि सकिँदै छ।

सरकारले सीमाका विषयमा एक महिनाअघि दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक पत्र पठाए पनि भारतीय पक्षबाट जवाफ आएको छैन। ‘राजदूत नीलाम्बर आचार्य लगातार प्रयासमा हुनुहुन्छ। विभिन्न भेटघाट भइरहेका छन्। तर पनि वार्ता मिति तय भएको छैन,’ दूतावासका प्रवक्ता एवं राजनीतिक मामिला हेर्ने हरि ओडारीले टेलिफोनमा भने, ‘हामी सकारात्मक जवाफको प्रतीक्षामा छौं।’

कूटनीतिक च्यालनबाट वार्ता अघि बढ्न नसकेपछि सरकारले राजनीतिक दूत पठाउने तयारी गरेको थियो। तर कर्मचारीतन्त्रबाट असहयोग भएपछि विशेष दूत पठाउन नसकिएको कूटनीतिक स्रोतले बतायो। भारतको जवाफ नआएपछि नेपाली पक्ष भारत र चीनको सीमा अवलोकनमा जुटेको छ। सरकारले ट्र्याक वान टु मात्र होइन अन्य धेरै ‘ब्याक च्यानल’ प्रयोग गर्नपर्नेमा सीमा घुम्ने र हल्ला गर्ने नीति लिएको भन्दै राजनीतिक नेतृत्व असन्तुष्ट बनेको छ। एक अधिकारीले भने, ‘टोली खटाउनु भनेको राजनीतिक खपत मात्र हो।’

भारत र चीनतर्फ हेर्ने सीमा अनुगमन टोली बनाउँदै सचिव शंकरदास बैरागी सचिवस्तरीय वार्ता गर्ने जिम्मेवारीबाट हट्न खोजेको ती अधिकारीले बताए। परराष्ट्र सचिवस्तरीय संयन्त्र नेपाल र भारतबीच सीमासम्बन्धी विवाद समाधानका लागि गठित सबैभन्दा माथिल्लो निकाय हो । सन् २०१४ मा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोग बैठकले कालापानी र सुस्तासम्बन्धी विवाद प्राविधिकको सुझावका आधारमा विदेश सचिवस्तरमा टुंग्याउने निर्णय गरेको थियो।

त्यसपछि दुई संयुक्त आयोग (विदेशमन्त्री स्तरीय) को बैठक बसिसक्दा पनि सचिव बैरागीले छलफल गराउन पहल गरेनन्। यसैले कालापानी र सुस्ताका सम्बन्धमा कुनै प्रगति नभएको हो।भारतीय बाहालवाला कुनै अधिकारीले मिचेको भूभागका विषयमा बोलेका छैनन्। केही पूर्वविदेशसचिवले नेपाली पक्षमाथि सधैं राजनीतिक खपतका लागि मात्र कुरा उठाउने तर समस्या समाधान गर्ने समयमा सेलाउने आरोप लगाएका छन्। भारतले नेपाली भूभाग नमिचिएको दाबी गर्दै नेपालसँग वार्ता गरेर निचोडमा पुग्ने बताउँदै आएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भन्दै आएका छन्, ‘वार्ताको विकल्प छैन तर वार्ता कहिले हुन्छ भन्न सक्दिनँ ।’ सरकारले लिपुलेक क्षेत्रबारे ‘थर्ड प्रसन डिप्लोम्याटिक नोट’ (कूटनीतिक पत्र) पठाएको थियो। जवाफ नआएपछि नेपालले थप कदम उठाउन सकेको छैन। परराष्ट्र अधिकारीहरू सीमासम्बन्धी काममा भ्रमण वर्ष, सगरमाथा डाइलग तथा दुईपक्षीय भ्रमणमा सक्रिय रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

‘सीमाका विषयमा छलफल चलिरहेको छ। परराष्ट्र नेतृत्व संगठन तथा व्यवस्थापन सर्भे ९ओएन्डएम० र अन्य आफ्नै खाले भ्रमणको कुरा लिएर प्रधानमन्त्री र अन्य मन्त्रालय धाइरहेका छन्,’ प्रधानमन्त्रीका एक निकटस्थले भने, ‘राजनीति नेतृत्वले मात्र गर्न खोजेर हुँदैन। कर्मचारीको पनि प्राथमिकता पर्नुपर्छ। यसलाई प्रधानमन्त्रीले गम्भीर रूपमा लिनुभएको छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट