२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने



अ+ अ-

काठमाडाैँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए ।

यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले जानकारी दिए। अभिमुखीकरण अनुसार आवश्यक तयारी थाल्न उहाँले सरोकार भएका सबैलाई निर्देशन दिए।

प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पुर्‍याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गरिएको मन्त्री थापामगरले उल्लेख गरे ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरको पहिचान गरी प्रत्येक जिल्लालाई स्वस्थ्य सहर निर्माण गरी स्वस्थ्य नागरिक बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको धारणा राखे ।

उनले बागमतीलाई स्वास्थ्य क्षेत्रमा नमूना प्रदेश बनाउने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रलाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउनेगरी योजना तर्जुमा गरिएको जानकारी दिए। प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवामा गुणस्तरीय बनाउने, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका क्षेत्र निर्धारण गरी प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

प्रत्येक नागरिकले उपचार आफ्नै जिल्लाका अस्पतालमा सहज रूपमा पाउने गरी व्यवस्था गर्दै अस्पताललाई उपकरण, प्रविधिमैत्री बनाउने गरी व्यवस्थापनको तयारी थालिएको स्वास्थ्य सचिव गौतमले जानकारी दिए। स्वस्थ्य सहर, स्वस्थ्य नागरिकका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान सञ्चालन गर्नेगरी प्रत्येक जिल्लामा तयारी गरिएको उनले बताए ।