२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठक: सरकारी कामको बचाउमा मन्त्रीहरु, अन्य नेताद्वारा आलोचना



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा मन्त्रीहरूले सरकारी कामको बचाउ गरेका छन् भने अन्य नेताले आलोचना गरेका छन् । पूर्वमाओवादी समूहका कतिपय नेताले पार्टीभित्रको बढ्दो अराजकता अन्त्यका लागि केन्द्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वी सुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षमन्त्री गिरिराजमणि पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले सरकारले राम्रो काम गरे पनि जनपरिचालनमार्फत स्थापित हुन नसकेको भन्दै बचाउ गरे ।

तर, अन्य नेताले भने सरकारी कामको आलोचना गरेका छन् । नेता पन्तले नेतृत्वले विधान मिच्दै आएको र अमेरिकन सहयोग एमसिसी (मिलिनियम च्यालेन्ज कम्प्याक्ट) का कारण सरकार बदनाम भएको बताए । उनले एमसिसीलाई राष्ट्रिय हितको पक्षमा हुने सुनिश्चितताको अवस्थामा मात्र अघि बढाउन उपयुक्त हुने धारणा राखे ।

नेताहरू मातृका यादव र हरिबोल गजुरेलले पार्टीभित्र गुटबन्दी, अनुशासनहीन र अराजकता बढेका कारण कडाइका साथ नियन्त्रणका लागि नेतृत्वलाई बलियो बनाएर जानुपर्नेमा जोड दिए । नयाँ पत्रिका दैनिकबाट