२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए



अ+ अ-

काठमाडौँ। पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् ।

इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जानकारी दिनुभएको छ।

“ती मुल्कबाट कुल ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्मको एक बर्षको अवधिमा अफगानिस्तान फर्किएका छन्,” अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजन (आरटीए) ले शनिबार राति हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।

“अफगान सरकारले ती देशबाट स्वदेश प्रवेश गर्ने mनाकाहमा फर्केकाहरूलाई व्यवस्थापनका लागि लगभग चार अर्ब अफगानी नगद प्रदान गर्नुका साथै अस्थायी आश्रयहरू प्रदान गरेको छ,” आरटीएले रिपोर्ट गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार करिब ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू कथित रूपमा छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् र उनीहरूले कानुनी कागजातबिना शरणार्थीहरूलाई आफ्नो मातृभूमि फर्कन आग्रह गरेका छन्। रासस