२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याड्रिड डर्बीमा रियलको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ। भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल म्याड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।

म्याड्रिड डर्बीका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा फर्काएका थिए । त्यसको केही समय अर्थात् खेलको ५५ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियलले २–१ को अग्रता लिएको थियो ।

एट्लेटिकोको लागि खेलको ६६ औँ मिनेटमा नहुएल मेलिनाको प्रहार गोलमा परिणत हुँदा खेल फेरि बराबरीमा फर्किएको थियो । तर त्यसको ६ मिनेट अर्थात् खेलको ७२ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गर्दै गर्दै खेलमा ३–२ को जित निश्चित गरेका हुन् । अन्तिम समयमा अर्थात् ७७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको रियलले तनावका बीच जित निश्चित गरेको हो।