२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बेमौसमी वर्षाबाट  इँटा उद्योगमा ६ करोड भन्दा बढी क्षति



अ+ अ-

काठमाडाैँ । महोत्तरीमा बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ ।

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो मूल्य बराबराको इँटा पूर्णरुपमा क्षति भएको छ ।

इँटा उत्पादनका लागि सबैभन्दा अनुकुल मानिएको माघ, फागुन र चैत महिनामा प्रायः वर्षा नहुने हुँदा जिल्लाभित्रका सबै इँटा उद्योगहरुले १५ देखि २०÷२२ लाखको हाराहारीमा लागत लगाएर  परिमाणमा इँटा बनाएर पकाउनका लागि सुकाइरहेको अवस्थामा अचानक आएको वर्षाले करोडाैँको क्षति पु¥याएको उनले बताए ।

औरही नगरपालिका– २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले वर्षभरि नै बिक्री गर्ने परिमाणको इँटा तयार गरेर पकाउनका लागि ठिक्क पारिएको अवस्थामा अचानकको वर्षाले सबै इँटा पगालिएपछि आर्थिक सङ्कट परेको गुनासो गरे।

इँटा उद्योग सञ्चालकहरुले कडा मेहनत र करोडाँै लगानी गरेर काँचो इँटा तयारी गराएर पकाउनका लागि सुकाइरहेका इँटा आकस्मिक रुपमा आएको भीषण वर्षाले बगाएपछि इँटा उद्योगीको मेहनत र लगानी सबै बगाइदिएको औरही– ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीले बताए।

बेमौसमी वर्षातले जिल्लाका तीन दर्जन इँटा उद्योगमा न्यूनतम रु आठ लाखदेखि अधिकतम २२ लाखसम्मको क्षति पुगेको जनाइएको छ ।अध्यक्ष चौधरीले भने, “हामी क्षतिको लगत सङ्कलन गरेर सम्बन्धित निकायमा क्षतिपूर्ति तथा अनुदानको व्यवस्था मिलाइदिन गर्दछौँ ।”