२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारविरूद्ध सत्तारुढ सांसद नै बसे धर्नामा



अ+ अ-

काठमाडौं । उत्तर प्रदेशको विधानसभामा भारतीय जनता पार्टी(भाजपा)का विधायक आफ्नै सरकारकोविरूद्ध धर्ना बसेका छन्।

मंगलबारको विधान सभा बैठकमा भाजपा विधायक नन्दकिशोर गुर्जरले आफूमाथि प्रहरीले गरेको अत्याचारबारे बोल्न खोजेका थिए। तर सभामुखले त्यस विषयमा बोल्न नपाइने भन्दै माइक काटिदिए।

त्यसपछि भाजपाका विधायक एक जुट भई धर्नामा बसेका थिए। पछि त्यस धर्नामा विपक्षी दलका विधायक पनि सामेल भएका थिए।

विधायकहरूले ‘विधायक एकता जिन्दावाद’ भन्दै नाराबाजी समेत गरेका थिए। प्रदर्शन हुँदा मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित थिएनन्।

भाजपाका विधायक श्याम प्रकाशले सरकारी कर्मचारीहरुको जस्तै विधायकको पनि युनियन बनाउन पर्ने बताएका छन्।