काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट आज हेर्दा हेर्दैमा सकिएको छ।
लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनवाई आज नटुङगिएका कारण मङ्गलबार पुन: यो मुद्दाको सुनवाई यही इजलासमा हुनेछ ।












