२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो ।

सोही अवसरलाई केन्द्रमा राख्दै सोमबार आयोजित कार्यक्रममा नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

उनले बदलिँदो समयसँगै भित्रिएको नयाँ प्रविधि, विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरूलाई सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार सिप्रदीले नेपालका भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राख्दै आफ्ना सवारी साधनहरूको परीक्षण गरिसकेको छ । साथै, देशभर मर्मत सम्भार सेवालाई सुदृढ बनाउन प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा कम्पनीले तयारी गरिसकेको उनले बताए ।

निजी मेकानिक्सहरूलाई समेत तालिम दिने कार्य अघि बढाइएको उल्लेख गर्दै उनले नयाँ प्रविधिमा सहज अनुकूलनका लागि सबै पक्षबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

त्यसैगरी, महासंघका अध्यक्ष बानियाँले स्वदेशी यातायात व्यवसाय संरक्षणका लागि नीति तथा नियमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भारतीय सवारी साधनको निर्बाध प्रवेशले नेपाली व्यवसायमा असर परेको उल्लेख गर्दै यसको व्यवस्थापन र नियमनमा ध्यान दिन सरकारसमक्ष आग्रह गरे ।

विदेशी सवारीको बढ्दो प्रयोगले स्वदेशी लगानी र रोजगारीमा असर परेको उनको भनाइ थियो ।

उनले २० वर्षे सवारी साधन विस्थापन नीतिप्रति पनि प्रश्न उठाउँदै नेपालको सन्दर्भअनुसार व्यावहारिक नीति आवश्यक रहेको बताए ।

साथै, नयाँ बीएस–६ प्रविधिका सवारी साधनहरूको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग आग्रह गरे ।

कार्यक्रममा टाटा मोटर्सका सवारी साधनले नेपाली बजारमा ओगटेको महत्वपूर्ण हिस्सा, आपूर्ति व्यवस्थामा पुर्‍याएको योगदान तथा सिप्रदी र महासंघबिचको लामो सहकार्यबारे पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा व्यवसायी, सरकार र उपभोक्ताबिचको समन्वयमार्फत नेपालको यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याइएको थियो ।




भर्खरै