२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाखको पुरस्कार



अ+ अ-

पोखरा । अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको ९९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन र्याण्डमहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको द सिटी एण्ड द सी (ह्यामिशह्यामिल्टन, पेन्गुइन र्याण्डमहाउस, भारत) र सदिया अब्बासको द एम्प्टी रुम (जुबान पब्लिसर्स, भारत) थिए।

गत वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताए ।

पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गरेका थिए । यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गरेका थिए ।




भर्खरै