२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो



अ+ अ-

काठमाडौँ। अमेरिकी सिनेटले सिनेटर मार्कवेन मुलिनलाई आन्तरिक सुरक्षा विभाग (डीएचएस) को सचिव पदमा नियुक्त गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान सचिव क्रिस्टी नोएमलाई प्रतिस्थापन गर्ने घोषणा गरेको दुई हप्तापछि यो कदम चालिएको हो । माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा मुलिनको मनोनयनको पक्षमा ५४ र विपक्षमा ३७ मत परेको थियो ।

उहाँको नियुक्तिलाई अन्तिम रूप दिन आगामी केही दिनभित्रै अन्तिम मतदान हुने सम्भावना छ । ४८ वर्षीय मुलिनले ओक्लाहोमा राज्यबाट १० वर्षसम्म तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा प्रतिनिधित्व गरेपछि सन् २०२३ देखि सिनेटमा सेवा गरिरहनुभएको छ ।

नोएमको नेतृत्वप्रति दुवै दलका सांसदहरूको बढ्दो असन्तुष्टिका बीच मुलिनको मनोनयन आएको हो । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो मन्त्रिमण्डल पुनर्गठन समेत हो ।

मिनियापोलिसमा संघीय कानून प्रवर्तन अधिकारीहरूले दुई अमेरिकी नागरिकलाई गोली हानी हत्या गरेपछि नोएममाथि राजनीतिक दबाब बढेको थियो । साथै, हालैका संसदीय सुनुवाइहरूमा उनको फितलो प्रदर्शनले ट्रम्पलाई थप आक्रोशित बनाएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल